‘पेन्सनवाला चोर बाहालवाला चोरलाई तँ चोर होस् भन्दै छ सुन्नुभाे ?’
अर्जुन पराजुली
२०७९ असोज १४ गते ८:३८

बाँडिचुडी खान कोही
गठबन्धन बनाउँन् ।
एक्लै खान कोही
आफैँलाई हाल्न खाल्टो खनाउँछन् !
गठबन्धन पनि खानैका लागि बनेको हो,
खाल्टो पनि खानैका लागि खनेको हो,
पेन्सनवाला चोर बाहालवाला चोरलाई
तँ चोर होस् भन्दै छ ! सुन्नुभाे ?।
त्यो पनि खानकै लागि भनेको हो !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया