मानव अधिकार तथा शान्ति समाजको २५ औं स्थापना दिवसमा स्मारिका विमोचन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको २५ औं स्थापना दिवसका सन्दर्भमा शान्ति समाज काठमाडौं शाखाले प्रकाशन गरेको शान्ति सन्देश स्मारिका आज एक विशेष समारोहबीच विमोचन भएको छ ।
अहिंसा दिवसको अवसर पारेर शुभ बिजया दशमी लगायतका पर्वहरुका अवसरमा शुभकामना आदान प्रदान सहित चियापान कार्यक्रम तथा स्मारिका बिमोचन कार्यक्रम एकैसाथ सम्पन्न गरिएको थियो । उपस्थित सम्पूर्ण व्यतिहरुले एकसाथ उभिएर स्मारिका विमोचन गरेका थिए ।
कार्यक्रममा मुख्य बक्ताका रुपमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले संसारभर आर्थिक मन्दी बढ्नुलाई खतराको संकेतको रुपमा लिनुहुँदै रुस र युक्रेनबीचको युद्धले संसारलाई आर्थिक रुपमा धरासायी बनाएको उल्लेख गर्दै शान्ति समाजले युद्ध रोक्न सुरुदेखि नै खबरदारी गरिरहेको स्मरण गरे ।
सो अवसरमा संविधान सभा सदस्य रामेश्वर फुँयाल, प्रदेश सभाका निवर्तमान सांसद छिरिङ्गदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे, कागेश्वरी मनोहरा नगरपालिकाका पूर्व उपेयर बिन्दु पुडासैनी, शान्ति समाजका सल्लाहकार उत्तम पुडासैनी, शान्ति समाज काठमाडौं शाखाका पूर्व सभापति कोमल लामिछाने तथा सहयागीहरुका तर्फबाट ईष्टपोल मा.विका प्रधानाध्यापक राजेश राई, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष
नवराज लामा तथा शान्ति समाजका केन्द्रिय सदस्य किरण ढकालले मनतव्य राखेका थिए । कार्यक्रमको सभापतित्व जिल्ला सभापति भगवान पुडासैनीले गरेका थिए ।
ज्येष्ठ नागरिकलाई सहयोग
अन्तर्राष्ट्रिय ज्येष्ठ नारिक दिवशका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आज टौदह स्थित निजानन्द आश्रममा आश्रयरत बृद्ध बृद्धाहरुका लागि आबश्यक खाद्यान्न लयागत हर्लिक्स, फलफूल समेत उपलब्ध गराएको । सो अवसरमा रु २७००० मुल्य बराबरको खाद्य सामग्री उपलब्ध गराइएको थियो ।
प्रतिक्रिया