बा-आमाको दशैँ !
अर्जुन पराजुली
२०७९ असोज १७ गते १०:३३

हिजो
छोराछोरीको दशैँ
बाको पछि लागेर हिँड्थ्यो,
बा आए आउँथ्यो
नआए आउँदैनथ्यो !
आज
बा-आमाको दशैँ
छोराछरीको पछि लागेर हिँड्छ,
छोराछोरी आए आउङ्ँछ
नआए आउँदैन !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया