बिहीबार, वैशाख ११, २०८२

अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा, बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा

नेपालखोज २०७९ असोज २१ गते १०:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ७२ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ २३ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८२ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९० पैसा र बिक्रीदर ३६ रुपैयाँ ०७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०३ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०७ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ७६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया