सोमबार, वैशाख ८, २०८२

चुनावी र्‍याली

अर्जुन पराजुली २०७९ असोज २२ गते १६:५७

भोलि चुनावी र्‍याली थियो
आज नेताले आदेश दियो
‘राष्ट्रियता जोगाउनु छ
र्‍यालीमा आमा केही गरेर आउनू’

भोलि आउँदा
सबैले टोपी लाएर आए

र्‍याली सम्पन्न भयो
नेता मञ्चमा गयो
र, माइकबाट बोल्यो
शीर ठाडाे राखौं, नझुकौं
राष्ट्रियता जोगाउनु छ

मेरो मुखमा थुक आयो, कहाँ युकौं ?!”

कार्यकर्ता सबैले
शीर ठाडाे पारे
आपना-अपना टोपी खोले
र टोपी थाप्दै एउटै स्वरमा बोले
नेताज्यू ।
मेरो टोपीमा थुक्नोस् !!!”

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया