अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४२ पैसा, बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ११ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया