गगनसिंह थापाको आठौं कृति अस्ताचलको ढोकाबाट विमोचन

टीकापुर । आख्यानकार गगनसिंह थापाको आठौं कृति अस्ताचलको ढोकाबाट उपन्यासको उनको गृहनगर टीकापुरमा एक कार्यक्रममा विमोचन गरिएको छ । उपन्यासको विमोचन गर्दै वरिष्ठ साहित्यकार रामलाल जोशीले थापाको लेखकिय शैलीलाई उनको कृति कर्णालीको छेउछाउ देखि नै आफुले पछ्याउँदै आइ रहेको बताए । सूदुर पश्चिम र कर्णाली क्षेत्रको भाषा, संस्कृति र सभ्यतालाई थापाका कृतिहरुले मुलधारमा लगेको र आफुहरुले त्यसलाई अगाडि बढाउन प्रयास गरिरहेको उनले बताए ।
अस्ताचलको ढोकाबाट कृति संस्मरण र उपन्यासको उच्च काब्यिक समिश्रण रहेको र यसमा लेखकले आफ्नो मृत्यु पछिको अलौकिक स्वप्न यात्रालाई पुर्वीय दर्शनमा टिक्दै जिवन्त कथा बनौट गरेको पाइन्छ । प्रा. डा. धनकृष्ण उपाध्यायले पुस्तक माथी समिक्षा गर्दै उक्त अवसरमा बताए । वास्तबमै यो कृर्ति नेपाली साहित्यका लागि नृसिंह अवतार हो ।
देवकोटा साहित्य कला परिवारका अध्यक्ष बलबहादुर रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु कर्णबहादुर थापा, धनन्जय तिमिल्सिना, टीकापुर विकास समितिका पुर्व अध्यक्ष मिनबहादुर रावल, स्व. थापाका छोरा हिक्मत थापा र छोरी पदमिनी थापाले समेत थापाको ब्याक्तित्व र कृर्ति माथी आफ्ना मन्तव्य राखेका थिए भने कार्यक्रमको सहजीकरण पत्रकार परमानन्द पाण्डेले गरेका थिए ।
स्वर्गीय साहित्यकार थापाका सोह्र सौगात (कथा सङ्ग्रह ,२०३५),कर्णालीको छेउछाउ (उपन्यास ,२०७१) , पुर्खाको चिट्ठी (उपन्यास ,२०७२),मेरो मधुशाला (उपन्यास , २०७४), उज्ज्वली (लघु उपन्यास, २०७६), महाप्रलय (उपन्यास , २०७७) र मरुभूमिकि महारानी (लघु उपन्यास, २०७७) कृतिहरु प्रकाशित छन ।
प्रतिक्रिया