गोडामा चिल्लो घसिदिनुभएन !
अर्जुन पराजुली
२०७९ असोज २६ गते १४:३५

गोडामा चिल्लो घसिदिनुभएन ?!
गोडा मिचिदिनुभएन ?!
मिचिसकेपछि ढोथिदिनुभएन ?!
जुत्तामा पालिस लइदिनुभएन ?!
बिहान-बेलुकै भजन पनि गाइदिनुभएन ?!
उपहार पनि ल्याइदिनुभएन ?!
जुठो पनि खाइदिनुभएन ?!
दिनको तिन फेरा परिक्रमा गर्न पनि आइदिनुभएन ?!
भेटि पनि चढाइदिनुभएन ?!
दुईसय किलोको माला पनि लाइदिनुभएन ?!
यो देशको इतिहासमा-
तपाईभन्दा ठूलो तपाई नै हो ?!
भनेर कसम पनि खाइदिनुभएन ?!
ओहो !
गर्ने बेलामा तपाईँले
यो पनि गर्नुभएनछ, उ पनि गर्नुभएनछ !
कुन नाताले पर्नु त,
अनि पो-
संसढको टिकट पाउनेमा पर्नुभएनछ !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया