नेप्से १,८४४ अंकमा, सातामा दुई अर्ब ४७ करोड ६ लाखको सेयर कारोबार

काठमाडौं । यो साता नेप्से १८ सय ४४ दशमलव १४ अंकमा सिमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ६३ दशमलव पाँच अंकमा सिमित भएको छ ।
नेप्सेमा यो साता दुई सय २१ वटा कम्पनीहरुको ६७ हजार नौं सय ५५ पटकको कारोबारमा ७९ लाख चार हजार सात सय पाँच कित्ता सेयर खरिद–बिक्री भएका छन् । जसबाट कुल कारोबार रकम दुई अर्ब ४७ करोड ६ लाख ४२ हजार ५९ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैयाँले कम हो ।
गत साता भने नेप्सेमा दुई सय ३३ वटा कम्पनीहरुको ७६ हजार चार सय ९१ पटकको कारोबारमा एक करोड २२ लाख ४० हजार चार सय ११ कित्ता सेयर खरिद–बिक्री भएका थिए । जसबाट उक्त साता कुल कारोबार रकम तीन अर्ब ८८ करोड २७ लाख ३८ हजार पाँच सय ५३ रुपैयाँ पुगेको थियो । यो साता नेप्से चार कार्य दिन मात्र खुल्ला रहेको थियो । योमध्ये पहिलो, दोस्रो, चौंथो र पाँचौं दिन नैं नेप्से घटेको थियो भने तेस्रो कार्य दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
योमध्ये पहिलो दिन नौ दशमलव ६९ अंकले घटेर एक हजार आठ सय ६० दशमलव ९४ अंकमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि एक दशमलव ३८ अंकले घटेर एक हजार आठ सय ४४ दशमलव १४ अंकमा सिमित हुन पुगेको छ । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से लगातार घटेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन एक दशमलव ७२ अंकले घटेर तीन सय ६५ दशमलव ४२ अंकमा झरेकोमा अन्तिम कारोबार दिन भने शून्य दशमलव शून्य नौं अंकले बढेर तीन सय ६३ दशमलव पाँच अंकमा पुग्न सफल भएको थियो ।
यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सूचीमा प्राईम कर्मसियल बैंक, सोल्टी होटल , नबिल बैंक लिमिटेड आदि अगाडि परेकाछन भने सेयर कारोबार भएको संख्याको आधारमा शिवम सिमेन्ट, नेपाल टेलिकम लगायतका कम्पनीहरु अगाडि परेकाछन ।
यसैगरी बजार पुँजीकरणको आधारमा भने यस साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि परेकाछन् ।
प्रतिक्रिया