युरो एकको खरिददर १२९ रुपैयाँ ७७ पैसा, बिक्रीदर १३० रुपैयाँ ३६ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३० रुपैयाँ ३६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५० रुपैयाँ ४५ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १२ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया