बिहीबार, वैशाख ११, २०८२

आठवटा फाइनान्सको वित्तीय विरण : सबैभन्दा बढी नाफा कमाउनेमा मञ्जुश्री

नेपालखोज २०७९ कार्तिक ११ गते १३:२६

काठमाडौं । सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरु मध्येमा हालसम्म आठवटा फाइनान्सहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार फाइनान्स कम्पनीहरुले त्रैमास सकिएको पहिलो महिनाको दोस्रो हप्तासम्ममा सकिएको त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसक्नु पर्ने हुन्छ ।

सो अनुसार हालसम्म आठवटा फाइनान्सहरुले चालु आवको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । वित्तीय विवरण सार्वजनिक गरेका मध्ये सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले कमाएको छ भने सबैभन्दा कम नाफा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले कमाएको छ । मञ्जुश्रीले चालु आवको पहिलो त्रैमासमा सात करोड ११ लाख ३७ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा श्री इन्भेष्टमेन्टले ४१ लाख दुई हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

गत आवको सोही अवधिमा भने यि फाइनान्सहरुको यस्तो नाफा क्रमशः दुई करोड ८६ लाख ९३ हजार र ३९ करोड ९७ लाख २० हजार रुपैयाँ रहेको थियो । गोर्खाज र प्रोग्रेसिभ फाइनान्सले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः तीन करोड ३३ लाख १४ हजार र दुई करोड २९ लाख ३१ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि फाइनान्सहरुको यस्तो नाफा एक करोड ६५ लाख ७० हजार र तीन करोड ३६ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

सेन्ट्रल र नेपाल फाइनान्सले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः ९३ लाख ६६ हजार र ८१ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि फाइनान्सहरुको यस्तो नाफा क्रमशः एक करोड ३६ लाख ४८ हजार र ३५ लाख २५ हजार रुपैयाँ रहेको थियो । बेष्ट र पोखरा फाइनान्सले भने चालु आवको पहिलो त्रैमासमा क्रमशः ५९ लाख ३३ हजार र ४६ लाख ९० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।

गत आवको सोही अवधिमा यि फाइनान्सहरुको यस्तो मुनाफा क्रमशः १२ करोड ११ लाख ६० हजार र १२ लाख ९७ हजार रुपैयाँ रहेको थियो । यि बाहेकका गुडविल, रिलायन्स, मल्टीपर्पस, जानकी, गुह्वेश्वरी मर्चेन्ट, समृद्धि, आईसीएफसी लगायतका नौवटा फाइनान्स कम्पनीहरुको भने अपरिष्कृत वित्तीय विवरण सार्वजनिक हुन बाँकी देखिएको छ ।

प्रतिक्रिया