सोमबार, वैशाख ८, २०८२

भोट मलाई दिनोस् !

अर्जुन पराजुली २०७९ कार्तिक १४ गते १३:५३

जब चुनाव आउँछ
बाघले भन्छ-
पाठी जोगाउने भए
भोट मलाई दिनोस् !
खुकुरीले भन्छ-
घाँटी जोगाउने भए
भोट मलाई दिनोस् !

पहिरोले भन्छ-
घर जोगाउने भए
भोट मलाई दिनोस् !
भूकम्पले भन्छ-
शहर जोगाउने भए
भोट मलाई दिनोस् !

भ्रष्टाचारीले भन्छ-
नोट जोगाउने भए
भोट मलाई दिनोस् !
बलात्कारीले भन्छ-
छोरी, बुहारी जोगाउने भए
भोट मलाई दिनोस् !

संसदमा डढेलो लाउनेले भन्छ-
व्यवस्था जोगाउने भए
भोट मलाई दिनोस् !
‘राष्ट्रि-उता’ जोगाउने भए
भोट मलाई दिनोस् !

हामी पत्याउँछौँ, र
भोट तिनैलाई दिन्छौँ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया