सोमबार, वैशाख ८, २०८२

एउटा भोट दिनोस !

अर्जुन पराजुली २०७९ कार्तिक १७ गते १०:३६

कोदो टिपिदिऊँ कि
घान चुटिदिऊँ कि ?
आँगन बढारिदिऊँ कि
मकै मुटिदिऊँ कि ?

घाँस काटिदिऊँ कि
गाईभैसी दो हि दिऊँ कि ?
तपाईको दुःख आफ्नै सम्झेर
सँगसँगै रोइदिऊँ कि ?

गोलभेंडा रोपिदिऊँ कि ?
आलु लाइदिउँ कि ?
वरिपरि तीन फेरा घुम कि
तपाईँको भजन गाइदिऊँ कि ?

फूल चढाऊँ कि
भेटी चढाऊँ कि ?
तपाईंलाई राखेर फूलको चकटीमा
वरिपरि लड्डू-पेडा लडाऊँ कि ?

दूधले नुहाइदिएर तपाईंलाई
तपाईंसँगै सेल्फी खिचौं कि
हातमा लाएर गाईको घ्यू
तपाईंका गोडा पो मिचौं कि ?

जे भन्नुहुन्छ – गरिदिन्छु
जे माग्नुहुन्छ- दिन्छु
ए हजुर !
बदलामा मलाई

एउटा भोट
दिनोस !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया