१६ अंकले घट्दा ८९ करोड ८९ लाखको सेयर किनबेच

काठमाडौं । अघिल्लो दुई दिन लगातार उच्च अंकले बढेको नेप्से पुन घटेको छ । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से १६ दशमलव १४ अंकले घटेर १९ सय २२ दशमलव १६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव पाँच अंकले घटेर तीन सय ७९ दशमलव ४३ अंकमा झरेको छ ।
दुई सय २० वटा कम्पनीहरुको १८ हजार एक सय ४० पटकको कारोबारमा २७ लाख ६७ हजार पाँच सय ३९ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८९ करोड ८९ लाख सात हजार आठ सय ३० रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १३ वटा समूहको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेका छन् भने १० वटा समूहहरुको सूचक घटेका छन् । जसमध्ये निर्जिवन बिमा समूहको सूचक शून्य दशमलव ६२ अंकले बढेर सात हजार सात सय एक दशमलव ६७ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक पनि एक दशमलव चार अंकले बढेर आठ हजार नौ सय ३९ दशमलव ४७ अंकमा चढेको छ ।
वाणिज्य बैंक समूहको सूचक भने ११ दशमलव ३६ अंकले घटेर १३ सय ५६ दशमलव ८८ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक ४१ दशमलव ५९ अंकले घटेर तीन हजार चार सय ४५ दशमलव ६० अंकमा झरेको छ । जलबिद्युत समूहको सूचक २७ दशमलव ६५ अंकले घटेर १९ सय ९० दशमलव ५६ अंकमा झरेकोमा फाईनान्स, लघुवित्त, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामूहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव ५६ प्रतिशतले बढेर १९ हजार पाँच सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा वीन लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ९५ प्रतिशतले घटेर आठ सय आठ सय ८५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज एभरेष्ट बैंकको प्रतिकित्ता पाँच सय ३२ रुपैयाँ अन्तिम मूल्यमा चार करोड तीन लाख ५१ हजार एक सय २० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया