तुइनबाट नदिमा खस्दैगरेको मान्छे हेर्ने हो !
अर्जुन पराजुली
२०७९ कार्तिक २० गते १३:००

चुनावमा-
कोही हाम्रो आँगनमा देखियो भने
सम्झन-
ऊ आर्को चुनाव नआएसम्म हराउन अएको हो !
कसैले नमस्ते गर्यो भने
सम्झन-
ऊ हामीलाई पाँचवर्ष नमस्ते गराउन आएको हो !
चुनावमा-
कसैले बनाउँछु भर्यो भने
सम्झनु-उसले बनाउने आफ्नु दरबार हो !
कसैले गर्छु भन्यो भने
सम्झनू-उसले गर्ने भ्रष्टाचार हो !
चुनावमा-
कसैले समृद्धि ल्याइदिन्छु, भन्यो भने
सम्झनू-उसले आफ्ना छोराछोरीलाई ल्याइदिने हो !
कसैले ग्यारेन्टी भ्याइदिन्छु, भन्यो भने
सम्झनू- बनाउँदै नबनाई उद्घाटन गरेर भ्याइदिने हो !
चुनावमा-
कसैले फेर्छु भन्यो भने
सम्झनू- उसले आफूले खाने तरिमा फेर्ने हो !
कसैले हेर्छु भन्यो भने
सम्झनू-
उसले भ्यू-टावरमा चढेर दुरबीनले
तुइनबाट नदिमा खस्दैगरेको मान्छे हेर्ने हो !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया