सोमबार, वैशाख ८, २०८२

यस वर्षकाे रमेश विकल वाङ्मय पुरस्कार निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु दिइने

नेपालखोज २०७९ कार्तिक २७ गते १३:५६

काठमाडाैं । रमेश विकल साहित्य प्रतिष्ठानले यस वर्षको रमेश विकल वाङ्मय पुरस्कार वरिष्ठ निबन्धकार तथा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग:लाई अर्पण गर्ने निर्णय गरेको छ ।

यसरी नै रमेश विकल- सुशीला समाजसेवी पुरस्कार लामो समयदेखि पशुपति क्षेत्रमा लावारिस लासहरूको नि:शुल्क सदगति गरी समाजसेवा गर्दै आएकी सपना र‍ोका मगरलाई र रमेश विकल सृजना पुरस्कार वरिष्ठ समालोचक रमेश गोर्खालीलाई प्रदान गर्ने निर्णय गरिएको छ । यसरी नै यस वर्षको रमेश विकल बालसाहित्य पुरस्कार बालसाहित्यकार लक्ष्मी उप्रेती तथा रमेश विकल सङ्घर्षशील नारी सम्मान धर्मशीला चापागाईंलाई प्रदान गर्ने निर्णय भएको छ ।

रमेश विकल कला-सङ्गीत पुरस्कार यसपल्ट वरिष्ठ कलाकार-निर्देशक बद्री अधिकारीलाई अर्पण गरिने छ । श्री अधिकारीले सार्थक नेपाली चलचित्र र टेलीशृङ्खलाहरूको सफल निर्देशन गर्दै आएका छन् । रमेश विकलको ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासलाई लोकप्रिय टेलिफिल्मका रूपमा उनले नै निर्देशन गरेका हुन् ।

प्रतिष्ठानद्वारा प्रकाशित प्रेस वक्तव्यअनुसार उक्त निर्णय प्रतिष्ठानद्वारा गठन गरिएको प्रतिष्ठानका सदस्य साहित्यकार मातृका पोखरेलको संयोजकत्वमा गठित वरिष्ठ समालोचक युवराज मैनाली तथा साहित्यकार सीता शर्माको समितिको सिफारिस अनुसार गरिएको हो ।

प्रतिक्रिया