धोका खान नपाए बाँच्नै नसक्ने भयौं !
नेपालखोज
२०७९ कार्तिक २८ गते १३:२१

हामी
पहिले स्याललाई भोट दिन्छौं
पछि कुखुरा चोर्यो भन्छौं !
पहिले मुसालाई भोट दिन्छौं
पछि धान खायो भन्छौं !
पहिले साँढेलाई भोट दिन्छौं
पछि बालि माड्यो भन्छौं !
पहिले बालाई भोट दिन्छौं
पछि छोराछोरीलाई पद बाढ्यो भन्छौं !
पहिले पागललाई भोट दिन्छौं
पछि मुख मनपरि चलायो भन्छौं !
पहिले बलत्कारीलाई भोट दिन्छौं
पछि छोरी, बुहारी समायो भन्छौं !
पहिले जासुसको मितलाई भोट दिन्छौं
पछि जासजुसलाई अँगाले हाल्यो भन्छौं !
हामी
पहिले सलाइको काटीलाई भोट दिन्छौं
पछि रोटी सेकाउन संसद बाल्यो भन्छौं !
हजुरबा हजुरआमाले धोका खाए
बाआमाले धोका खाए
खान छोडेनौं, हामीले पनि धोका खाइएह्यौं !
धोका खाँदा-खाँदा अब हामी
धोका खान नपाए बाँच्नै नसक्ने भयौं !!

सम्बन्धित
प्रतिक्रिया