सोमबार, वैशाख ८, २०८२

कमिशनका बोरा उचालेको याद आयो मलाई !

नेपालखोज २०७९ कार्तिक २९ गते १४:२५

खरानी बेच्न घर बालेको याद आयो मलाई-
कात्रोमा खल्ती हालेको याद आयो मलाई-!

भ्रष्टाचार गर्न दिन्न भन्दै कोरोना-कालमा
कमिशनका बोरा उचालेको याद आयो मलाई-!

च्यातेर साथीभाई बनाएर पुछ्ने टालो
जुत्ता पुछेर फालेको याद आयो मलाई !

उछ्याएर प्रतिगमनको तरबार मध्यरातमा
खसीझौँ संसद ढालेको याद आयो मलाई !

देखाउँदै मिती गुज्रेको जेलमा बसेको लाइसन
व्यावस्थै खान थालेको याद आयो मलाई !

टाँगेर निधारमा राष्ट्रियताको रातो तुल
जासुस अँगालोमा हालेको याद आयो मलाई !!!

प्रतिक्रिया