मंगलबार, वैशाख ९, २०८२

६ अंकले घट्दा एक अर्ब दुई करोडको सेयर किनबेच

नेपालखोज २०७९ कार्तिक २९ गते १५:३०

काठमाडौं । नेप्सेमा पुन: गिरावट देखिएको छ । अघिल्लो दिन २१ दशमलव २९ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज (मंगलबार) भने ६ दशमलव ५९ अंकले घटेर १८ सय ९७ दशमलव ८६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३३ अंकले घटेर तीन सय ७३ दशमलव ७१ अंकमा झरेको छ ।

दुई सय २९ वटा कम्पनीहरुको २२ हजार सात सय ७१ पटकको कारोबारमा २७ लाख ४५ हजार एक सय नौं कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम एक अर्ब दुई करोड ३६ लाख नौ हजार नौ सय ६० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक बढेर बाँकी १० वटा समूहहरुको सूचक घटेका छन् । तिमध्ये वाणिज्य बैंक समूहको सूचक एक दशमलव १० अंकले बढेर १३ सय ३७ दशमलव ४९ अंकमा चढेको छ । निर्जिवन बिमा र ट्रेडिङ समूहको सूचक पनि बढेका छन् । बिकास बैंक समूहको सूचक भने ४४ दशमलव ९७ अंकले घटेर तीन हजार तीन सय ५५ दशमलव पाँच अंकमा झरेकोमा

जलबिद्युत समूहको सूचक १८ दशमलव नौ अंकले घटेर १९ सय ४५ दशमलव ५८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक ११ दशमलव ७७ अंकले घटेर आठ हजार नौ सय ३९ दशमलव ५७ अंकमा झरेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूहको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज सिटिजन्स म्युचुअल फण्ड १ को प्रतियुनिट सेयर मूल्य चार दशमलव ५८ प्रतिशतले बढेर आठ रुपैयाँ अन्तिम मूल्यमा प्रतियुनिट सेयर कारोबार भएकोमा तारागाउँ रिजेन्सी होटेल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५६ प्रतिशतले घटेर तीन सय ५० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता तीन हजार ६ सय २१ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड २२ लाख ३४ हजार ६ सय ७५ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया