राष्ट्र बैंकद्धारा ४० करोड बराबरको संस्थागत निक्षेप लगानीको आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैकले ४० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको आव्हान गरेको छ । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्धती निक्षेपकोरुपमा २०७९ मंसिर आठ गतेदेखि २०८० मंसिर नौं गतेसम्मको लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने कुल रकम मध्येमा वाणिज्य बैकहरुको लागि ३२ करोड, विकास बैंकहरुको लागि छ करोड र फाईनान्स कम्पनीहरुको लागि दुर्ई करोड रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर एक गते सम्ममा नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया