बरु हिँडेर जानु सस्तो पर्छ !
नेपालखोज
२०७९ मंसिर ६ गते १४:४९

बूढो नेता-
बन्द भए स्टार्ट हुँदैन
स्टार्ट भए बन्द हुँदैन
पेट्रोल खान्छ
धुवाँ बढी फाल्छ
सडक ताकेर चाल्नुपर्ने चक्का
नाली ताकेर खसाल्छ !
साइड-लाइटको स्वीच अन गर्यो
हेड-लाइट बल्छ !
हेड-लाइटको स्वीच अन गर्यो
साइड लाइट बल्छ !
बूढो नेताको-
एक्सिलेटर दबाए ब्रेक चल्छ !
ब्रेक दबाए एक्सिलेटर चल्छ !
अगाडि बढायो
पछाडी सर्छ !
उकाले चढायो
अोरालो झर्छ !
बूढो नेताले-
कहिले काहीँ त यतिसम्म सताउने गर्छ,
पेसिन्जरले अो र्लेर धकेल्नु पर्छ !
बुढो नेतामा चढेर
कतैको यात्रा गर्ने भन्दा
बरु हिँडेर जानु सस्तो पर्छ !!

सम्बन्धित
प्रतिक्रिया