सात अंकले घट्दा एक अर्ब दुई करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन सात दशमलव १३ अंकले घटेर एक अर्ब ३५ करोड रुपैयाँमा सेयर कारोबार भएको नेप्से साताको चौंथो तर चुनाव सम्पन्न भएपछिको दोस्रो कारोबार दिन आज (बुधबार) पनि घटेको छ । नेप्से आज सात दशमलव ७२ अंकले घटेर १९ सय २१ दशमलव ९९ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ७० अंकले घटेर तीन सय ७७ दशमलव ९० अंकमा झरेको छ ।
दुई सय २३ वटा कम्पनीहरुको १७ हजार आठ सय ७६ पटकको कारोबारमा २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैयाँ ८३ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा दुई वटा समूहहरुको सूचक बढेर बाँकी ११ वटा समूहहरुको सूचक घटेका छन् । सोमध्ये उत्पादनमुलक समूहको सूचक ४० दशमलव ५७ अंकले बढेर ५१ सय नौ दशमलव ४९ अंकमा पुग्दा टे«डिङ समूहको समूहको सूचक पनि बढेको छ । वाणिज्य बैंक समूहको सूचक भने ६ दशमलव ८३ अंकले घटेर १३ सय ५२ दशमलव ३५ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि शून्य दशमलव २२ अंकले घटेर तीन हजार चार सय १२ दशमलव ३७ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि १० दशमलव ५० अंकले घटेर दुई हजार चार दशमलव ७० अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक २४ दशमलव दुई अंकले घटेर नौ हजार ५५ दशमलव ३८ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २४ दशमलव २२ अंकले घटेर सात हजार ६ सय २६ दशमलव ६० अंकमा झरेको छ । फाईनान्स, होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज सिभिल बैंकको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ३४ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा स्टान्र्डड चार्टड बैंकको प्रतिकित्ता सेयर मूल्य चार दशमलव ७८ प्रतिशतले घटेर चार सय १८ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल बैंकको प्रतिकित्ता दुई सय ८६ रुपैयाँ अन्तिम मूल्यमा १२ करोड ७६ लाख ५४ हजार तीन सय ९३ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया