मंगलबार, वैशाख ९, २०८२

तीन अंकले नेप्से बढ्दा ९५ करोड ७० लाखको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १३ गते १५:३०


काठमाडौं । नेप्सेमा झिनो अंकले सुधार आएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा पछि उच्च अंकले घटेको नेप्से आज (मंगलबार) भने सामान्य अंकले बढेको छ । अघिल्लो दिन १५ अंकले घटेर एक अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएकोमा आज नेप्से दुई दशमलव ९९ अंकले बढेर १९ सय ५३ दशमलव ३५ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव शून्य आठ अंकले बढेर तीन सय ८२ दशमलव ६९ अंकमा पुगेको छ ।

नेप्सेमा आज दुई सय ३४ वटा कम्पनीहरुको १९ हजार ३६ पटकको कारोबारमा २५ लाख ८९ हजार नौ सय ९७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ९५ करोड ७० लाख ६० हजार दुई सय २५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा ६ वटा समूहहरुको सूचक घटेर सात वटा समूहहरुको सूचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ९७ अंकले घटेर १३ सय ६६ दशमलव ५७ अंकमा झरेको छ । निर्जिवन बीमा समूहको सूचक पनि १४ दशमलव ६० अंकले घटेर सात हजार ६ सय ७२ दशमलव एक अंकमा झरेको छ ।

यसैंगरी होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् । बिकास बैंक समूहको सूचक भने २८ दशमलव १५ अंकले बढेर तीन हजार चार सय ९४ दशमलव १३ अंकमा चढेकोमा जीवन बिमा समूहको सूचक पनि ३० दशमलव ८९ अंकले बढेर नौ हजार एक सय ४७ दशमलव ८० अंकमा चढेको छ । यि बाहेक जलबिद्युत, फाईनान्स, लघुवित्त, सामुहिक लगानी कोष र लगानी समूहहरुको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य ६ दशमलव १० प्रतिशतले बढेर दुई सय ६६ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईसी एशिया ब्यालेन्स फण्डको प्रतियुनिट सेयर मूल्य चार दशमलव ६० प्रतिशतले घटेर आठ रुपैयाँ ५१ पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता तीन हजार नौं सय ७० रुपैयाँ अन्तिम मुल्यमा नौं करोड ७२ लाख ७५ हजार तीन सय ८० रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया