म फूल हुँ !
अर्जुन पराजुली
२०७९ मंसिर १५ गते १४:०२

म फूल हुँ !
बरु
जुत्ताको माला उनेर
मेरो गलामा लगाइदेऊ !
तर
मलाई उनेर नेताको गलामा नलगाइदेऊ !
तिमी मलाई
नेताको गलामा लगाइदियौ भने
अरु फूलको अगाडि मैले
मुख कसरी देखाउनु ?!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया