बार्दलीमा बसेका सुकुम्बासी !
अर्जुन पराजुली
२०७९ मंसिर १६ गते १४:०९

उता बस्न बास नपाएका सुकुम्बासी !
यता घर भाडामा लाएका सुकुम्बासी !
उता,
अरुले स्कुल जाने बाटो हेर्दाहेर्दै
पढ्ने उमेर गायब भएका सुकुम्बासी !
यता, पढ्न विदेश गएका सुकुम्बासी !
उता, ज्वरो आउँदा सिटामोल नपाएर
एेया ! एेया भनिरहेको सुकुम्बासी !
यता, डाक्टर बनिरहेका सुकुम्बासी !
उता सुकुम्बासी-
अनिकालटारका, लालपुर्जा नभएका !
यता सुकुम्बासी-
बालुवाटारका लालपुर्जा भएका !
उता, खान नपाएर
ज्यान बचाउन
खाडी पसेका सुकुम्बासी !
यता, पगितो खाएर
खाएको पताउन
बार्दलीमा बसेका सुकुम्बासी !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया