मंगलबार, वैशाख ९, २०८२

दुई दशमलव १६ अंकले नेप्से बढ्दा एक अर्ब ५६ करोडको सेयर किनबेच

नेपालखोज २०७९ मंसिर १८ गते १५:२९

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से झिनो अंकले बढेको छ । नेप्से आज दुई दशमलव १६ अंकले बढेर १९ सय ६३ दशमलव २२ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १७ अंकले बढेर तीन सय ८४ दशमलव ८३ अंकमा पुगेको छ । दुई सय ४३ वटा कम्पनीहरुको २६ हजार एक सय ५० पटकको कारोबारमा ३६ लाख ९४ हजार ८४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौं सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा नौं वटा समूहहरुको सूचक बढेर बाँकी चार वटा समूहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक नौं दशमलव ४३ अंकले घटेर १३ सय ७० दशमलव ३० अंकमा झरेकोमा बिकास बैंक, फाईनान्स र उत्पादनमुलक समूहको सुचक पनि घटेका छन् ।

जलविद्युत समूहको सुचक भने तीन दशमलव ९८ अंकले बढेर दुई हजार ४० दशमलव ५० अंकमा चढेकोमा जीवन बीमा समूहको सुचक पनि एक सय ८३ दशमलव ३६ अंकले बढेर नौं हजार चार सय ३० दशमलव २० अंकमा चढेको छ ।

यसैगरी निर्जिवन बीमा समूहको सुचक पनि ५७ दशमलव ६९ अंकले बढेर सात हजार सात सय सात दशमलव छ अंकमा चढेकोमा होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समूहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९८ प्रतिशतले बढेर तीन सय २१ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ११ प्रतिशतले घटेर दुई सय २१ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज नबिल बैंकको प्रतिकित्ता आठ सय ८२ रुपैयाँ अन्तिम मुल्यमा १९ करोड ८० लाख ६७ हजार चार सय ९३ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया