सोमबार, वैशाख ८, २०८२

उत्कृष्ट फाइभजी स्मार्टफोनहरू !

नेपालखोज २०७९ मंसिर २२ गते १३:११

काठमाडौं । स्मार्टफोन आजको समयमा लगभग आवश्यकता बनिसकेको छ । निस्सन्देह, यसका केही बेफाइदा पनि छन् । तर यसका फाइदा यति धेरै छन् कि ती कमजोरीहरू नजरअन्दाज हुन पुग्छन् ।

स्मार्टफोनको क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीहरूले निकै सस्तो मूल्यमा उत्कृष्ट फिचर भएका फोन बजारमा ल्याइरहेका छन् । यसले ग्राहकहरुलाई फाइदा नै पुर्याउँछ । आज हामी त्यस्ता ५ वटा फोनका बारेमा कुरा गर्दैछौँ जसको मूल्य ३५ हजार भन्दा कम छ र यी फोन दमदार फाइभजी सपोर्ट फोन मानिएका छन ।

POCO X4 Pro : यो फोनको मूल्य २८,८०० रुपैयाँ जति छ। यसमा ६४ एमपीको मुख्य क्यामेरा जडान गरिएको छ। यससँगै ८ तथा २ मेगापिक्सेलका दुईवटा क्यामेरा दिइएको छ । सेल्फिका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ । यसमा १२० हर्ट्जको रिफ्रेस दरका साथ ६.६७ इन्चको अमलेड डिस्प्ले छ। यसको ब्याट्री क्षमता ५००० एमएएच छ भने यसमा अक्टा कोर स्न्यापड्रागन ६९५ प्रोसेसर प्रयोग गरिएकोछ। यसको र्याम ६ जीबी अनि आन्तरिक भण्डारण क्षमता ६४ जीबी छ । यो फोन फाइभजी सपोर्ट गर्ने फोन हो ।

Xiaomi Redmi Note 11 Pro : यो फाइभजी फोनको मूल्य ३२ हजार रुपैयाँ जति छ। यसमा १०८ मेगापिक्सेलको प्राइमरी क्यामेरा जडान गरिएको छ। यससँगै ८+२ मेगापिक्सेलका थप दुईवटा क्यामेरा छन् भने सेल्फीका लागि १६ मेगापिक्सेलको क्यामेरा दिइएको छ । यसमा ५००० एमएएचको ब्याट्री छ । अक्टाकोर स्न्यापड्रागन ६९५ प्रोसेसर प्रयोग भएको यो फोनमा ६ जीबी र्याम दिइएको छ । यसको आन्तरिक भण्डारण क्षमता १२८ जीबी छ ।

OnePlus Nord CE 2 Lite : यो फोनको मूल्य ३० हजार ५ सयको हाराहारीमा छ । यसको प्रोसेसर माथि दिइएका फोन जस्तै छ । यसमा ६४+२+२ मेगापिक्सेलका ३ वटा क्यामेरा छन् भने सेल्फी क्यामेरा १६ मेगापिक्सेलको छ । यसमा ५००० एमएएचको ब्याट्री दिइएको छ । यो फोनमा ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक भण्डारण क्षमता छ । यो पनि फाइभजी फोन हो। यसको स्क्रिन ६.५९ इन्चको छ , जसको रिफ्रेस रेट १२० हर्ट्ज छ।

realme Narzo 50 : यो फोनको मूल्य २५ हजार रुपैयाँको हाराहारिमा छ। यसमा अक्टाकोर मिडियाटेक डाइमेन्सिटी ८१० प्रोसेसर उपलब्ध छ । यसको डिस्प्ले ६.६ इन्चको छ भने रिफ्रेस रेट ९० हर्ट्ज छ । यसमा ४८+२ मेगापिक्सेलको क्यामेरा उपलब्ध गराइन्छ । यसमा सेल्फी क्यामेरा ८ मेगापिक्सेलको छ भने ब्याट्री एमएएचको को छ। यसको र्याम ४ जीबी तथा आन्तरिक भण्डारण ६४ जीबी छ । यो पनि फाइभजी सपोर्ट गर्ने फोन हो ।

प्रतिक्रिया