सोमबार, वैशाख ८, २०८२

‘म’ बन्नु छ !

अर्जुन पराजुली २०७९ मंसिर २४ गते १४:१०

देश भन्नु छ
जनता भन्नु छ !
विकाश भन्नु छ
राष्ट्रियता भन्नु छ !

शिक्षा, स्वास्थ्य
रोजगारी भन्नु छ !
सुकुमबासीलाई
घरबारी भन्नु छ !

मज्दूर भन्नु छ
महिला भन्नु छ !
महिला भन्दाखेरि फेरी
पुरुषभन्दा पहिला भन्नु छ !

वीपी, गणेशमान , गंगालाल भन्नु छ !
माओ, लेनिन्, पुष्पलाल भन्नु छ !

जेल परेको भन्नु छ
जनयुद्ध गरेको गरेको भन्नु छ !
कानको छेउछेउबाट गोली गएर
झण्डै मरेको भन्नु छ !

जे जे भनेर हुन्छ
‘म’ बन्नु छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया