संसद भत्काउन !
अर्जुन पराजुली
२०७९ मंसिर २७ गते १४:१९

आदेश-
हिजो पनि आउँथ्यो
आज पनि आयो !
फरक यत्ति हो-
हिजो खड्गादेश आउँथ्यो
आज देउवादेश आयो !
फरक यति हो-
खड्गादेश मध्यरातमा आउँथ्यो !
देउवादेश मध्यदिनमा आयो !
फरक यत्ति हो-
खड्गादेश खड्ग लिएर आउँथ्यो
संसद भत्काउन !
देउवादेश दाउरा लिएर आयो
जेल भत्काउन !
फरक यत्त हो-
खड्गादेश आउँदा ढोकामा
माला लिएर बस्थ्यो विद्यादेश !
देउवादेश आउँदा ढोकामा
ताला लिएर बस्छ विद्यादेश !
चाहे आओस् खड्गादेश
चाहे आओस् देउवादेश
कुरो एकै-सिध्यादेश !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया