मंगलबार, वैशाख ९, २०८२

पानी बाराबार हाम्रो हुन्छ !

अर्जुन पराजुली २०७९ मंसिर २८ गते १४:२२

उता-
खेल खेल्छ अर्कैले
गोल हान्छ अर्कैले !
हार्छ, जित्छ अर्कैले
कप लान्छ अर्कैले !
यता-
रुवाबासी हाम्रो हुन्छ
मारामार हाम्रो हुन्छ !
उता
थाल्छन् खेल्न उनीहरु अर्को खेल
यता
पानी बाराबार हाम्रो हुन्छ !!
हो
त्यही देश मेरो हो !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया