बिहीबार, वैशाख ११, २०८२

अपराधिक पृष्ठभुमिका व्यक्ति बैंकिङ क्षेत्रमा सञ्चालक हुन अयोग्य

नेपालखोज २०७९ पुष १ गते ११:५५

काठमाडौं । आपराधिक पृष्ठभुमिका व्यक्तिहरु बैंकिङ क्षेत्रमा सञ्चालक हुन अयोग्य हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार वाणिज्य बैंक, बिकास बैंक, फाइनान्स कम्पनी, पुर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

यो निर्देशन अनुसार नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई सकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरी सफाई पाएको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुमा सञ्चालक हुन पाउने छैन ।

यसैगरी पुर्वाधार बिकास बैंकको हकमा पनि राष्ट्र बैंकले सोही दिन परिपत्र जारी गरी सञ्चालक सम्वन्धी व्यवस्थामा कडाई गरेको छ । परिपत्रमा भनिएको छ, नेपाल राष्ट्र बैकबाट इजाजतपत्रप्राप्त पूर्वाधार विकास बैंकलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा चोरी, ठगी, भ्रष्टाचार वा अन्य फौजदारी अभियोग तथा बैंकिङ कसुरमा सजाय नपाएको व्यक्ति मात्र पुर्वाधार बिकास बैंकमा सञ्चालक हुन पाउने छ ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई सकेको व्यक्ति मात्र सञ्चालक हुन पाउने छ । परिपत्र अनुसार प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति पुर्वाधार बिकास बैंकमा सञ्चालक हुन पाउने छैन ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन/थप सम्बन्धमा पनि टाट नपल्टेको वा भ्रष्टाचार वा बेइमानी वा जालसाजीको आरोपमा सजाय नपाएको व्यक्ति मात्र लघुवित्त वित्तीय संस्थामा सञ्चालक हुन पाउने छ ।

प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि नदेखिएको वा आपराधिक पृष्ठभूमि देखिएको भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई सकेको व्यक्ति लघुवित्त सञ्चालक हुन पाउने छ । प्रहरी प्रतिवेदनमा आपराधिक पृष्ठभूमि देखिएको व्यक्ति भए सजाय भुक्तान गरेको पाँच वर्ष व्यतीत भई नसकेको व्यक्ति कुनै पनि लघुवित्त वित्तीय संस्थाहरुमा सञ्चालक हुन नपाउने परिपत्रमा उल्लेख छ ।

प्रतिक्रिया