मंगलबार, वैशाख ९, २०८२

नियत !

प्रभादेवी पौडेल २०७९ पुष २ गते ११:२९

कुनै एकजना वरिस्ठ सहित्यकारको म्याचुयल फ्रेंडको रेक़ुएस्ट आएको थियो। मैले नियालें लाग्यो यति ठुलो मान्छेसँग जोडिएको छ निक्कै राम्रो होला । भर्खर आफू पनि लेखनमा सिकारु थिएँ लाइक कमेंट पनि बढाऊनु पर्यो भन्ने अभिलाषाले आँखा चिम्लिएर साथी स्विकार्यां ।

तुरुन्तै म्यासेन्जरमा हेल्लो हजुर त कति राम्री मान्छे लेखाई पनि उत्तिकै राम्रो भनेर म्यासेज आयो। म पनि मख्ख परेर धन्यबाद नमस्कार सर लेखें। उस्ले लेख्यो सर भन्दा नाम नै लिंदा कसो होला? हुन्छ हजुरलाई के सहज लाग्छ तर म त सर नै संबोधन गर्छु मैले लेखें। त्यसो भनेर कहाँ हुन्छ र हामी त नजिकको साथी पो त त्यो हजुर तपाई भनेर बढी औपचारिकता निभाएको मलाई मन पर्दैन।

धेरै नजिक भएपछि तिमी र अझै आत्मिय लागेपछि तँ पनि भन्न सकिन्छ आफ्नो दिल भित्र बसेको मान्छेलाई। म झस्किएँ यो मान्छे किन यति नजिक बन्न खोज्दै छ उस्को नियत माथि शंका लाग्न थाल्यो। लाग्थ्यो मेरा कारण कोहीपनि दुखी नबनोस्। उसले प्रेम प्रसंग ल्याउथ्यो म सन्दर्भ बादल्थ्याँ।

एकदिन उस्ले म्यासेज गर्यो मलाई केही समय दिन सक्नुहुन्छ? किन र सर? मैले सोधें आज म घरमा एक्लै छू यसो हजुर सँग जिस्किएर रमाईलो गरौं भनेर नी। म छाँगाबाट खसेझै भएँ र उनै बरिस्ठ साहित्यकारलाई हजुरको साथीको नियत हेर्नू त भनेर म्यासेज देखाएँ । उनले भने,-‘साथी जोडिएको भन्दैमा कसैको नियतीको जिम्मा कसैले लिन सकिदैन नी म्याम।’ भरतपुर – ९ , चितवन

प्रतिक्रिया