यी कारहरू वर्ष २०२३ मा लन्च हुँदैछन्

काठमाडाैं । सन् २०२२ कार निर्माताहरुका लागि राम्रो वर्ष सावित भएको छ जसका कारण कार निर्माताहरु निकै उत्साहित छन् र आगामी वर्ष २०२३ मा धेरै नयाँ उत्पादनहरु लन्च गर्ने योजना लिएर अगाडि आएका छन् ।
२०२३ साल कार निर्माताहरूका लागि कस्तो साबित हुनेछ त्यो त समयले नै बताउनेछ । यद्यपि आगामी वर्ष कुन-कुन नयाँ कारहरू लन्च हुँदैछन भन्ने कुरा हामी तपाईंलाई बताउन गैरहेका छौं । यसमा तीन वटा मारुती कार, चार वटा हुन्डाई कार , चार वटै टाटा कार, तीन वटा महिन्द्रा कार, दुई-दुई वटा टोयोटा, किआ, होन्डा तथा सिट्रोन कार अनि एक-एक वटा निसान र एमजी कार छन् ।
मारुतीका आगामी कार :
मारुति बलेनो क्रस, मारुति जिमनी फाइभ-डोर (नयाँ जिप्सी), नयाँ मारुति एमपीभी
हुन्डाईका आगामी कार :
हुन्डाई क्रेटा फेसलिफ्ट, नयाँ हुन्डाई भेर्ना , हुन्डाई एआई थ्री एसयूभी, हुन्डाई ग्रान्ड ग्रान्ड आई टेन निओस फेसलिफ्ट
टाटाका आगामी कार :
टाटा ह्यारियर फेसलिफ्ट, टाटा सफारी फेसलिफ्ट, टाटा अल्ट्रोज इलेक्ट्रिक, टाटा पंच इलेक्ट्रिक
महिन्द्राका आगामी कार :
महिन्द्रा थार ५-ढोका, महिन्द्रा बोलेरो नियो प्लस फेसलिफ्ट, महिन्द्रा एक्सयूभी ४०० ईभी
कियाका आगामी कार :
नयाँ पुस्ताको किया कार्निभल, किआ सेल्टोस फेसलिफ्ट
टोयोटाका आगामी कार :
टोयोटा इनोभा हाईक्रस, टोयोटा एसयूभी कूप
होन्डाका आगामी कार :
होन्डा कम्प्याक्ट एसयूभी, होन्डा सिटी फेसलिफ्ट
सिट्रोनका आगामी कार :
सिट्रोन ईसी थ्री, सिट्रोन सात सीटर यूभी
निसान र एमजीका आगामी कार :
निसान एक्स-ट्रेल, एमजी एयर , स्मल ईभी
प्रतिक्रिया