६ अंकले नेप्से घट्दा ८६ करोड ३८ लाखको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १४ दशमलव २२ अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज (बुधबार) भने पाँच दशमलव ८९ अंकले घटेर १८ सय ६७ दशमलव २२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ३१ अंकले घटेर तीन सय ६५ दशमलव ३४ अंकमा झरेको छ ।
दुई सय ५२ वटा कम्पनीहरुको २० हजार चार सय ३३ पटकको कारोबारमा २४ लाख ४० हजार तीन सय सात कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ८६ करोड ३८ लाख १६ हजार पाँच सय ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटासमूहहरुको कारोबार भएकोमा वाणिज्य बैंक समूहको सूचक तीन दशमलव ३८ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । योमध्ये बिकास बैंक समूहको सूचक १७ दशमलव ८४ अंकले घटेर तीन हजार दुई सय ८० दशमलव ४६ अंकमा झरेकोमा जलबिद्युत समूहको सूचक १४ दशमलव सात अंकले घटेर १९ सय ५० दशमलव ९५ अंकमा झरेको छ ।
जीवन बिमा समूहको सूचक पनि ३७ दशमलव ८३ अंकले घटेर नौं हजार एक सय दशमलव २० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि २० दशमलव १५ अंकले घटेर सात हजार चार सय १७ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक घटेका छन् ।
नेप्सेमा आज आँधीखोला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १६ सय ५७ रुपैयाँ ७० पैसा अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार हुँदा पञ्चकन्यामाई हाइड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मूल्य ६ दशमलव २८ प्रतिशतले घटेर एक सय ७६ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्र्रतिकित्ता ६ सय ६७ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा ११ करोड ८२ लाख ४६ हजार एक रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया