बिहीबार, वैशाख ११, २०८२

पुन: १८ अर्ब ५० करोड २५ लाख रुपैयाँका ट्रेजरी बिल बिक्री गर्दे राष्ट्र बैंक

नेपालखोज २०७९ पुष ८ गते १६:०२


काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस ११ गते अर्थात आगामी सोमबार पुन: १८ अर्ब ५० करोड २५ लाख रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

राष्ट्र बैंकका अनुसार जारी मिति पुस १२ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन् ।

उक्त ट्रेजरी मध्येमा ९१ दिने अवधिको छ अर्ब ५० करोड २५ लाख, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ बराबरको रहेको छ । यी ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र १४ गते, २०८० असार १२ गते र २०८० पुस १० गते तोकिएका छन् ।

यी ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । यसअघि यही पुस चार गते पनि राष्ट्र बैंकले १७ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया