‘म’ बन्नु छ !
अर्जुन पराजुली
२०७९ पुष १० गते १४:१६

देश भन्नु छ
जनता भन्नु छ !
विकाश भन्नु छ
राष्ट्रियता भन्नु छ !
शिक्षा, स्वास्थय
रोजगारी भन्नु छ!
सुकुमबासीलाई
घरबारी भन्नु छ !
मज्दुर भन्नु छ
महिला भन्नु छ !
महिला भन्दाखेरि फोरि
पुरुषभन्दा पहिला भन्नु छ !
वीपी, गणेशमान, गंगालाल भन्नु छ !
माओ, लेनिन्, पुष्पलाल भन्नु छ !
जेल परेको भन्नु छ
जनयुद्ध गरेको भन्नु छ !
कानको छेउछेउबाट गोली गएर
झण्डौ मरेको भन्नु छ !
जे जे भनेर हुन्छ
‘म’ बन्नु छ !!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया