सोमबार, वैशाख ८, २०८२

इन्द्रमोहन स्मृति गुठीको तीन पुरस्कार घोषणा

नेपालखोज २०७९ पुष १४ गते ७:५०

काठमाडौं । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ । गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा . राजेन्द्रप्रसाद अधिकारीलाई यसै गरी गुठीले यस वर्षको ओम- इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार गीत सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि गायक कलाकार दीपक खरेललाई र ओम, इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार पत्रकारिता पत्रकारिताको क्षेत्रमा दिएको योगदानका लागि पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । तिन स्रष्टालाई चार दशक भन्दा बढी समयदेखि दिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो ।

उक्त तिनै पुरस्कारको राशि जनही एक्काईस हजार रहेको छ । कवि अधिकारीका खै!के हाँस्नु ? आयान कुर्दी, आजको आकाश लगायतका कृति प्रकाशित । कलाकार खरेल, तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा, प्रतीक्षा गर मेरी मायालु , यो कर्मभूमिको आँगनमा, बादल बनाई देऊ म आकार बदल्न सकूँ जस्ता गीतहरू प्रसिद्ध छ्न् । पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकका सम्पादक हुन् ।

गुठीका प्रमुख संरक्षक डा।विमला श्रेष्ठको उपस्थितिमा गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो । गीत सङ्गीत र पत्रकारिता पुरस्कारको संस्थापक स्व. ओमकार श्रेष्ठ र साहित्यिक पुरस्कारको संस्थापक डा विमला श्रेष्ठ छन् । पुरस्कार आगामी फाल्गुन महिनामा समर्पण गरिने छ ।

प्रतिक्रिया