सेञ्चुरी प्रभुमा मर्ज, २६ गतेसम्म कारोबार बन्द हुने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक प्रभु बैंकमा मर्ज हुने भएपछि आजै देखि केही दिनको लागि कारोबार बन्द गरिदैछ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै आजै राति ९ बजेदेखि आगामी २६ गते विहान पौने १० बजेसम्म सम्पूर्ण कारोबार बन्द हुने जनाएको छ ।
कोर बैंकिङ सिस्टममा आवश्यक डेटा माइग्रेसनका लागि बैंकको प्रधान कार्यालय, शाखा कार्यालय तथा एक्स्टेन्स काउन्टरहरूबाट प्रदान गरिने एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङसहितका सम्पूर्ण सेवा बन्द हुने जानकारी गराइएको छ ।
२६ गते विहान पौने १० बजेपछि सम्पूर्ण बैंकिङ सेवा प्रभु बैंक लिमिटेडको नामबाट सुरू हुने छ । नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृतिले ‘बैंक तथा वित्तीय संस्था एक आपसिमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोन २०७९’ बमोजिम सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिएको हो ।

प्रतिक्रिया