नेप्सेमा २० अंकले बृद्धि, पाँच अर्ब ४५ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो कारोबार दिन (आईतबार) नेप्से २० दशमलव ५५ अंकले बढेर २१ सय ६४ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स भने चार सय ११ दशमलव २३ अंकमा स्थिर देखिएको छ ।
नेप्सेमा आईतबार दुई सय ५९ वटा कम्पनीहरुको ७५ हजार चार सय ६५ पटकको कारोबारमा एक करोड ४१ लाख नौ सय ८८ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार एक रुपैयाँ पुगेको छ ।
नेप्सेमा आईतबार १३ वटा समूहहरुको कारोबार भएकोमा तीन वटा समूहहरुको सूचक घटेर बाँकी समूहहरुको सुुचक बढेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १२ दशमलव २५ अंकले घटेर १३ सय ८३ दशमलव ४५ अंकमा झरेको छ भने लघुवित्त र उत्पादनमुलक समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने १९ अंकले बढेर तीन हजार आठ सय २४ दशमलव ५२ अंकमा चढेको छ ।
जलबिद्युत समूहको सूचक पनि ५२ दशमलव ६१ अंकले बढेर २४ सय ७८ दशमलव ९३ अंकमा चढेको छ । जीवन बिमा समूहको सूचक चार सय ६८ दशमलव ९८ अंकमा चढेको छ । निर्जिवन बिमा समूहको सूचक तीन सय २२ दशमलव २८ अंकले बढेर नौ हजार चार सय ४५ दशमलव ८४ अंकमा चढेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज खप्तड लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर एक हजार पाँच सय ४५ रुपैयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा बुद्धभुमी नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मूल्य चार दशमलव २५ प्रतिशतले घटेर चार सय ५५ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आईतबार हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता २८ सय ७१ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड २९ लाख ५२ हजार पाँच सय ११ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया