राष्ट्र बैंकद्वारा पुन : १६ अर्बको ट्रेजरी आव्हान
नेपालखोज
२०७९ पुष २४ गते १६:२१

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः १६ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने पुस २६ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ माघ २४ गते, २०७९ चैत्र २८ गते, र २०८० असार २६ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् । यसअघि यही पुस १८ गते पनि राष्ट्र बैकले २० अर्ब २५ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित
प्रतिक्रिया