यस्तो छ तरूल खानुका फाइदा
नेपालखोज
२०७९ पुष २५ गते ६:३३

माघ महिना नजिकिएसँगै बजारमा तरुलको माग बढ्न थालेको छ । विशेषत : माघे संक्रान्तिको अवसरमा तरुलको खपत बढि हुन्छ । सो दिन माटोमूनि फलेको फल खानुपर्ने मान्यता अनुसार बजारमा तरुलको बिक्रि बढेको पाइन्छ । तरकारी र उसिनेर खाने सकिने तरुलको फाइदा यसप्रकार छन् ।
– तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड पाइने हुनाले शक्तिको प्रमुख स्रोतका रूपमा लिने गरिन्छ ।
– छाला तथा स्वासप्रश्वाससम्बन्धी समस्याको लागि पनि तरुल राम्रो हुन्छ ।
– तरुलमा फाइबर पाइने भएकाले पाचन प्रक्रियासम्बन्धी समस्याका लागि उपयुक्त मानिन्छ ।
– तरुलमा भिटामिन बी– ६ प्रशस्त मात्रामा पाइन्छ, जसले मुटुसम्बन्धी समस्याबाट जोगाउँछ ।
– यसमा पाइने एण्टीअक्सिडेण्टले क्यान्सर रोगसँग लड्न सहयोग गर्दछ ।
– तरुल खानाले मस्तिष्कको विकास हुने र बुझ्ने क्षमतामा सुधार आउँछ ।
एजेन्सी
सम्बन्धित
प्रतिक्रिया