अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसा, बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ०९ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर ०९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको १४ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया