कर्णाली प्रदेश : सभामुखको चयन माघ १ मा
नेपालखोज
२०७९ पुष २६ गते ७:१४

कर्णाली । कर्णाली प्रदेशसभाको सभामुख पदको चुनाव आगामी माघ १ गते हुने भएको छ । कर्णाली प्रदेशसभाको सोमबार बसेको बैठकमा ज्येष्ठ सदस्य विनोदकुमार शाहले सभामुखको चुनाव माघ १ गते बिहान ११ः०० बजेका लागि तोक्नुभएको हो ।
उनले कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम ७ को उपनियम १ बमोजिम चुनावको मिति तथा समय तोक्नुभएको हो ।
चुनावको मिति तोकेसँगै प्रदेशसभा सचिव जीवराज बुढाथोकीले यही पुस ३० गतेबाट सभामुखको निर्वाचन प्रक्रिया सुरुवात गर्ने र माघ १ गते बिहान ११ः०० सभाको बैठक प्रारम्भ, मतविभाजन र परिणाम घोषणा गर्ने गरी सूचना जारी गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया