सम्झनू, त्यो देश मेरो हो !
अर्जुन पराजुली
२०७९ पुष २८ गते १६:५४

उद्घाटन सम्पन्न भयो, केहि बनेकै छैन
भने सम्झनू, त्यो देश मेरो हो !
पसिनाले किशान बगायो, भन्ने समाचार आयो
भने सम्झनू, त्यो देश हो !
रुख रोप्न सिमन्दीको, पीपलको रुख काटियो
भने सम्झनू, त्यो देश मेरो हो !
अन्याय बाँडिन्छ सित्तैँ , न्याय पाइन्छ किन्न
भने सम्झनू, त्यो देश मेरो हो !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया