३२ अंकले नेप्से बढ्दा तीन अर्ब ७२ करोडको सेयर किनबेच

काठमाडौं । लगातारको सार्वजनिक बिदापछि खुलेको नेप्से आज मंगलबार उच्च अंकले बढेको छ । नेप्से आज ३२ दशमलव ७२ अंकले बढेर २१ सय ८२ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ५८ अंकले बढेर चार सय १५ दशमलव ८३ अंकमा पुगेको छ ।
नेप्सेमा आज दुई सय ५० वटा कम्पनीहरुको ६३ हजार चार सय ३० पटकको कारोबारमा एक करोड १८ लाख ८३ हजार दुई सय ८७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७२ करोड ४७ लाख ९४ हजार पाँच सय ८७ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा वाणिज्य बैंक समूहको सूचक चार दशमलव ४५ अंकले घटेर १४ सय दुई दशमलव ३७ अंकमा झरेको छ भने बाँकी समूहहरुको सूचक बढेका छन् । जसमध्ये विकास बैंक समूहको सूचक एक सय एक दशमलव ३६ अंकले बढेर तीन हजार नौ सय १५ दशमलव ८६ अंकमा चढेको छ । जलबिद्युत समूहको सूचक एक सय २७ दशमलव ३९ अंकले बढेर दुई हजार ६ सय ५५ दशमलव ८३ अंकमा चढेको छ ।
जीवन बिमा समूहको सूचक पनि एक सय ५२ दशमलव ६० अंकले बढेर १० हजार आठ सय ४४ दशमलव ७६ अंकमा चढेको छ । निर्जिवन बीमा समूहको सूचक पनि एक सय १६ दशमलग आठ अंकले बढेर नौ हजार दुई सय ९० दशमलव १० अंकमा चढेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।
नेप्सेमा आज ग्रिन भेञ्र्चस लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय १५ रुपैयाँ ८० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा प्रभु सेलेक्ट फण्डको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ४५ प्रतिशतले घटेर आठ रुपैयाँ ९९ पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अपी पावर लिमिटेडको प्रतिकित्ता दुई सय ९७ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा २३ करोड २६ लाख आठ हजार तीन सय ८८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया