दलित चाहिन्छ !
अर्जुन पराजुली
२०७९ माघ ४ गते ९:२५

दलित चाहिन्छ-
ढुँगालाई कुँदेर देउता बनाउन !
चुनाव जितेपछि उत्सव मनाउन !
दलित चाहिन्छ-
भोजमा खाने माछा मार्न !
माछा चोपल्ने मदिरा पार्न !
दलित चाहिन्छ-
बिहे-बटुलोमा बाजा बजाउन !
संविधान बनाउँदा धारामा सजाउन !
दलित चाहिन्छ –
भुइँ पुछ्न
कुच्चो लाउन !
दलित चहिन्छ-
जुत्ता सिउन
कपाल मिलाउन
दलित चाहिन्छ-
शपथ खाँदा लाउने
दौरा-सुरुवाल सिलाउन !
भन्नुहुन्छ तपाइँ-
दलिताइ सत्ताले हेरेर, केही गरेर !
ए हजुर,
गर्ने कामजतिको लालपुर्जा दलितले पाइसकेछि
खाने कामजतिको लालपुर्जा अरुले पाउनु परेन ?!


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया