दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने
नेपालखोज
२०७९ माघ ६ गते ११:४२

काठमाडौं । दरम खोला हाइड्रो इनर्जी लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले दरम खोला हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने १ सय रुपैया अंकित दरका ३९,५०,००,००० रकम बराबरको ३९,५०,००० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी सम्झौता गरेको हो ।
उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका हुन ।
दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया