बैंकहरुले कमाए छ महिनामा ३१ खर्ब पाँच अर्ब
चालु आवको दोस्रो त्रैमासिकमा कसको नाफा कति

काठमाडौं । वाणिज्य बैंकहरुको खुद मुनाफा झन्डै दुई प्रतिशतले बढेको देखिएको छ । सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरु मध्येमा २० वटा वाणिज्य बैंकहरुले चालु आवको दोस्रो त्रैमासिक अवधिसम्ममा ३१ अर्ब पाँच करोड ३४ लाख २२ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् ।
बैंकहरुले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा ९३ करोड ६४ लाख २९ हजार अर्थात एक दशमलव ८५ प्रतिशतले मात्र बढी हो । गत आवको सोही अवधिमा भने यि बैंकहरुको यस्तो नाफा ३० अर्ब ११ करोड ६९ लाख ९३ हजार रुपैंयाँ रहेको थियो ।
बैंकहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासिक अवधिमा नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । नबिलले यस अवधिमा तीन अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने नबिलको यस्तो नाफा दुई अर्ब १८ करोड १४ लाख २० हजार रुपैंयाँ रहेको थियो । बढी नाफा कमाउनेमा दोस्रो स्थानमा परेको एनआईसी एशिया बैंकले भने चालु आवको पछिल्लो त्रैमासमा तीन अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ ।
गत आवको सोही अवधिमा एनआईसीको यस्तो नाफा दुई अर्ब ४० करोड २० लाख ६६ हजार रुपैयाँ रहेको थियो । बढी नाफा कमाउनेमा तेस्रो स्थानमा परेको ग्लोवल आईएमईले भने चाल आवको दोस्रो त्रैमासमा दुई अर्ब ७८ करोड २३ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा ग्लेवलको यस्तो नाफा दुई अर्ब ६६ करोड ३३ लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासमा सिटिजन्स, हिमालयन, सनराईज, र सिभिल बैंकको खुद मुनाफा भने एक अर्ब रुपैयाँ भन्दा कम रहेको छ । यस अवधिमा नेपाल बैक, एभरेष्ट बैंक, लक्ष्मी, प्राईम, स्टान्र्डड चार्टड बैंक, सिद्धार्थ, प्रभु, माछापुच्छ्रे, सानिमा, माछापुच्छ्रे र नेपाल एसबिआई बैंकको खुद मुनाफा भने एक अर्ब रुपैयाँ भन्दा बढी रहेको छ । चालु आवको दोस्र्रो त्रैमासिक अवधिका सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ७१ करोड १८ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा कमाउँदा सरकारी स्वामित्व कै कृषि बिकास बैंकले भने १२ करोड ८९ लाख ३३ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको छ ।

प्रतिक्रिया