प्रदेश १ : कांग्रेस प्रमुख सचेतकमा भूपेन्द्र राई चयन
नेपालखोज
२०७९ माघ ९ गते १२:५५

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा भूपेन्द्र राई चयन भएका छन् । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता उद्वब थापाले राईलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१) मा व्यवस्था भएअनुसार तपाईँलाई प्रदेश १ को संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरेको थापाले बताए ।
एक कार्यकाल प्रमुख बनेर स्थानीय सरकार सञ्चालन गरिसकेका उनी खोटाङ (२) बाट निर्वाचित भएका थिए । राई प्रदेश १ समितिका महामन्त्री समेत हुन् ।
सम्बन्धित
प्रतिक्रिया