कति घरभाडा तिर्छन् यी बलिउड स्टारले ?

काठमाडाैं । मायानगरी बलिउडको चहलपहलबिच अझै पनि भाडाको घरमा बस्ने धेरै स्टारहरु छन् । हामी ती बलिउड स्टारको नाम बताउन गैरहेका छौँ जसको मुम्बईमा अहिलेसम्म आफ्नै घर छैन वा भए पनि उनिहरु भाडाको घरमा बस्छन् । कार्तिक आर्यनको नाम भर्खरै यो सुचिमा थपिएको छ ।
कार्तिक आर्यन : भुल भुलैया – २ का स्टार कार्तिक आर्यनले फिल्म स्टार शाहिद कपुरको घर भाडामा लिएको खबर हालै बाहिरिएको छ । रिपोर्ट अनुसार शाहिद कपूरले मुम्बईको जुहू स्थित आफ्नो सी-फेसिङ विलासी बंगला प्रति महिना १२ लाख रुपैयाँमा कार्तिक आर्यनलाइ भाडामा लगाएका छन्।
नवाजुद्दीन सिद्दीकी : फिल्म स्टार नवाजुद्दीन सिद्दीकीको वर्सोवामा आफ्नै घर छ । उक्त घर सर्नु अघि यी फिल्म स्टारले ४ लाख ४० हजार मासिक घरभाडा तिर्थे ।
कृति सेनन : फिल्म लुका छुपीकी नायिका कृति सेननले पनि नयाँ घर भाडामा लिएकी छिन् । यी अभिनेत्रीले मेघास्टार अमिताभ बच्चनको मुम्बई , अंधेरी स्थित डुप्लेक्स अपार्टमेन्ट भाडामा लिएकी छिन् । जसका लागि उनले मासिक १६ लाख रुपैयाँ भाडा तिर्दै आएकी छिन् ।
ऋतिक रोशन : बलिउडका सुपरस्टार ऋतिक रोशन पनि भाडाको घरमा बस्छन् । उनको करिब डेढ सय करोड भन्दा बढिको घर अहिले निर्माणाधीन छ जसका कारण ऋतिक अहिले मुम्बईको जुहु क्षेत्रमा भाडाको घरमा बस्दै आएका छन् । यो घर भाडामा ऋतिकले करिब १३ लाख ३५ ८.३६ हजार रुपैयाँ मासिक खर्च गर्दै आएका छन् ।
सलमान खान : सुपरस्टार सलमान खानले पनि मुम्बईको एक पोश ईलाकामा भाडाको घर लिएका छन् । यो डुप्लेक्स घर हो जसलाई सलमान खानले आफ्नो कम्पनी सलमान खान प्राइभेट लिमिटेडको नाममा राखेका छन् । यो भाडाको घरका लागि सलमान खानले मासिक १३ लाख २० हजार रुपैयाँ तिर्छन् ।
विक्की कौशल र कट्रिना कैफ : विवाह अघि नै फिल्म स्टार विक्की कौशल र कट्रिना कैफले मुम्बईमा भाडाको घर लिएका थिए। त्यो आलीशान घर मुम्बईको जुहु इलाकामा छ । यो घरका लागि उनिहरु मासिक १२ लाख ८० रुपैयाँ खर्च गर्छन् ।
रणवीर सिंह : रिपोर्टहरूमा विश्वास गर्ने हो भने सुपरस्टार रणवीर सिंहले मुम्बईको प्रभादेवी टावर्समा एउटा विलासी घर भाडामा लिएका छन् जसका लागि उनि प्रतिमहिना करिब ७.२५ लाख भाडा तिर्छन् । चाखलाग्दो कुरा के छ भने उनकी श्रीमती दीपिका पादुकोणको सोही टावरको २६ औं तलामा ४ बीएचकेको फ्लाट छ जसलाई उनले करिब साढे २५ करोडमा किनेकि हुन् ।
ज्याकलिन फर्नान्डिस : ज्याकलिन फर्नान्डिस पनि भाडाको घरमा बस्छिन् । ज्याकलिनले प्रियंका चोपडाको घर भाडामा लिएकी छिन् । जसका लागि उनले मासिक १० लाख ८४ हजार भाडा तिर्दै आएकि छिन् ।
आयुष्मान खुराना : आयुष्मान खुरानाले मुम्बईको अंधेरीमा ४ हजार स्क्वायर फिटको घर भाडामा लिएका छन् । यो घरका लागि उनले ८ लाख ४० हजार घरभाडा तिर्दै आएका छन । आयुष्मान यो घरमा परिवारसहित बसोबास गर्छन् ।
रिचा चड्ढा र अली फजल : फिल्म स्टार ऋचा चड्डा तथा गायक अली फजल पनि मुम्बईमा भाडाको घरमा बस्छन् । यसका लागि यो फिल्मि जोडीले करिब ५ लाख घरभाडा तिर्छ । उनिहरुको अपार्टमेन्ट सि – फेसिङ विलासी अपार्टमेन्ट हो।
प्रतिक्रिया